शीर्षकहरू

भारतीय अभिनेता गोविन्दाको खुट्टामा गोली लाग्यो

भारतीय अभिनेता गोविन्दाको खुट्टामा गोली लाग्यो

काठमाडौं । भारतीय अभिनेता गोविन्दाको खुट्टामा गोली लाग्यो । भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार घटना आज बिहान करिब ५ बजेको हो । अमरउजालासँगै हिन्दुस्तान टाइम्स, टाइम्स बुल, पुने टाइम्स, बलिउड हंगामा, एनडीटीभी, इन्दियन एक्सप्रेस, टाइम्स अफ इन्डियालगायत धेरै भारतीय मिडियाले यो समाचार सम्प्रेषण गरेका छन् ।

गोविन्दा बिहान कोलकाता जाँदै गर्दा यो दुर्घटना भएको बताइएको छ ।

उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर सफा गर्दैगर्दा मिस फायर भएको बताइएको छ । अहिले अभिनेतालाई क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको छ । हाल अभिनेताको अवस्था स्थिर रहेको बताइएको छ । रिपोर्टका अनुसार गोविन्दालाई आईसीयूमा राखिएको छ ।

गोविन्दाका प्रबन्धक शशि सिन्हाले एएनआईलाई अभिनेता तथा शिवसेना नेता गोविन्दा कोलकाता जाने तयारी रहेको बताए । उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर राख्दै गर्दा उनको हातबाट रिभल्भर चिप्लिएर खुट्टामा गोली लागेको थियो । डाक्टरले गोली निकालेपछि उनको अवस्था ठीक रहेको बताइएको छ । उनी अहिले अस्पतालमा छन् ।