शीर्षकहरू

रोयल्टीबापतको रकम नबुझाउने ६१ इन्टरनेट सेवाप्रदायकको नाम सार्वजनिक

रोयल्टीबापतको रकम नबुझाउने ६१ इन्टरनेट सेवाप्रदायकको नाम सार्वजनिक

काठमाडौं । रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला नगर्ने रोयल्टीबापतको रकम नबुझाउने ६१ इन्टरनेट सेवाप्रदायकको नाम सार्वजनिक भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ती कम्पनीको नाम सार्वजनिक गरेको हो ।

प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूले आव २०७९/८० को अडिटेड वित्तीय विवरण र सो विवरण अनुसार बुझाउनुपर्ने कुल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टी बापतको रकम र २ प्रतिशतले हुने ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम मिति २०८० पौष मसान्तभित्र बुझाउन यसअघि नै पत्राचार गरिएकोमा हालसम्म दाखिला नगरेपछि सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ ।

२०८१ असोज मसान्तभित्र नियमानुसार लाग्ने थप दस्तुर सहित रोयल्टी बापतको रकम  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राजस्व खातामा र ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम यस प्राधिकरणको खातामा दाखिला गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दाखिला गरेको रोयल्टी रकमको भौचर र यस प्राधिकरणको खातामा दाखिला गरेको रकमको भौचर र अडिटेड वित्तीय विवरणसहित यस प्राधिकरणमा अनिवार्य रूपमा दर्ता गरी जानकारी गराउन समेत भनिएको छ ।

​​​​​​​