शीर्षकहरू

श्रीलङ्काको निर्यातमा वृद्धि

श्रीलङ्काको निर्यातमा वृद्धि

एजेन्सी । सन् २०२४ अगस्टमा श्रीलङ्काको कुल निर्यात एक अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा यो ४.६७ प्रतिशतले वृद्धि भएको निर्यात विकास समितिले सोमबार जनाएको छ ।

श्रीलङ्का भन्सारको तथ्याङ्क उद्धृत गर्दै समितिले अगस्ट २०२४ मा व्यापारिक निर्यात प्रदर्शन एक अर्ब १० करोड अमेरिकी डलर रहेको जनाएको छ । यो सन् २०२३ को सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।

मुख्यतया कपडा, चिया, रबर, नरिवल आधारित उत्पादन र मसलाजन्य सामानको पैठारीले निर्यातमा वृद्धि भएको तथ्याङ्कमा जनाइएको छ । दुई वर्षको अन्तरालपछि, निर्यातले अगस्टमा ५० करोड अमेरिकी डलरको सीमा पार गरेको हो ।  

अगस्ट सम्मका लागि सेवा निर्यातको अनुमानित मूल्य ३१ करोड ८० लाख ७७ हजार अमेरिकी डलर तय गरिएको थियो । यो सन् २०२३ को समान अवधिको तुलनामा ६।४९ प्रतिशतले बढी हो ।