शीर्षकहरू

ज्योति विकास बैंकका ग्राहकहरूलाई चार होटलमा विशेष छुट हुने

ज्योति विकास बैंकका ग्राहकहरूलाई चार होटलमा विशेष छुट हुने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई छुट दिनेबारे सम्झौता गरेको छ । काठमाडौंस्थित विभिन्न चार रेस्टुरेन्टहरुमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

यस सम्झौताअन्तर्गत बैंकले कमलपोखरीस्थित अचार घर, दरबारमार्गस्थित महोत्सव रेस्टुरेन्ट एण्ड बार,  हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार तथा कमलादीस्थित क्याफे लायन हर्ट तन्दुरी किचनमा बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन् । सम्झौता पत्रमा हस्ताक्षर भएसँगै ग्राहकहरूले एक वर्षको अवधिसम्म यी प्रतिष्ठित रेस्टुरेन्टहरूमा स्वादिष्ट परिकारहरूको साथ छुटको लाभ उठाउन पाउनेछन् । 

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।