शीर्षकहरू

सडकखण्ड सुचारु नहुँदासम्म भाडा वृद्धि नगरिने : वायुसेवा संचालक संघ

सडकखण्ड सुचारु नहुँदासम्म भाडा वृद्धि नगरिने : वायुसेवा संचालक संघ

काठमाडौं । बाढी पहिरोका कारण क्षतिग्रस्त भएका सडक खण्ड सुचारु नभएसम्म हवाई टिकटको मूल्य नबढाइने वायुसेवा सञ्चालक संघले जनाएको छ । संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अवरुद्ध भएका सडक सुचारु नहुँदासम्मको लागि शुल्क नबढाइने बताएको हो । 

संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारसम्म महँगो भाडादरको टिकट विक्री नगर्ने जनाएको थियो । 

विपतको घडीमा एयरलाइन्स कम्पनीहरूले हवाई शुल्क बढाएर अमानवीय व्यवहार देखाएको चौतर्फी विरोध भै रहेको छ ।