शीर्षकहरू

एकै महिनामा एक अर्ब २१ करोड बराबरको जीवन बीमा पोलिसी सरेण्डर

एकै महिनामा एक अर्ब २१ करोड बराबरको जीवन बीमा पोलिसी सरेण्डर

काठमाडौं । एकै महिनामा जीवन बीमा कम्पनीहरूको एक अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौ महिनामा ९ हजार ४४९ वटा पोलिसी बापत सो रकम बराबरको जीवन बीमा पोलिसी सरेण्डर भएको हो । 

भदौ महिनामा लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै वटा पोलिसी सरेण्डर भएको छ । तथ्यांक अनुसार कम्पनीको दुई हजार ५०८ वटा पोलिसी बापतको ३५ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्सको दुई हजार ६८ वटा पोलिसी बापत ३३ करोड ११ लाख रुपैयाँ सरेण्डर भएको छ भने राष्ट्रिय बीमा कम्पनीको १ एक हजार १० पोलिसी बापत १० करोड ५८ लाख रुपैयाँ सरेण्डर भएको छ । 

बीमितहरुले बीमा पोलिसी अवधि सकिनु अगाडी नै पोलिसी फिर्ता गरी रकम लिने प्रक्रियालाई पोलिसी सरेण्डर भनिन्छ । प्राधिकरणले बीमा पोलिसी खरिद गरेको तीन वर्ष पछि मात्रै पोलिसी सरेण्डर गर्न पाउने व्यवस्था गरेको छ । 

दलितहरुसँग पोलिसीको प्रिमियम रकम भुक्तानी गर्न सक्ने अवस्था नभएमा पोलिसी सरेण्डर गर्न पाउने व्यवस्था गरिएको हो । तर, पछिल्लो समयमा यो सुविधा गलत प्रयोग भै रहेका प्राधिकरणले जनाएको छ । बीमितले अरुको लहै लहैमा लागेर एउटा पोलिसी सरेण्डर गरी अर्को कम्पनीको पोलिसी खरिद गर्ने गरेका बताएको छ ।

पोलिसी सरेण्डर गरेपछि बीमितले कम्पनीमा जम्मा गरेको प्रिमियम रकमको ८० प्रतिशत रकम फिर्ता पाउने व्यवस्था छ । तर, पोलिसी सरेण्डर कम्पनी र बीमित दुवैको लागि नोक्सानी हुने प्राधिकरणले जनाएको छ ।