शीर्षकहरू

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते

नुवाकोट । छहरे–टोखा सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुदाँ १२ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नुवाकोट हुँदै पोखरातर्फ जान लागेको ग१ख ४५३५ नम्बरको माइक्रोबस आज दिउँसो  अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको घटनास्थलमा रहेका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । 

माइक्रोबसमा  १८ यात्रु सवार थिए । घाइतेलाई उपचारका लागी काठमाडौं पठाइएको छ । धादिङको विभिन्न स्थानमा पहिरो गएका कारण सो माइक्रोबस काठमाडौंको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । 

माइक्रोबस भीरमा मौवाको रुखमा अड्किएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरी नायव उपरीक्षक भारतीले बताए ।