शीर्षकहरू

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६० हजार ५ सय रुपैयाँ रहेको छ ।  

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँ रहेको महासंघले जनाएको छ ।