शीर्षकहरू

सामलिङ्ग पावरको करिब ४३ लाख शेयरको लकइन कात्तिक १५ गतेदेखि सकिने

सामलिङ्ग पावरको करिब ४३ लाख शेयरको लकइन कात्तिक १५ गतेदेखि सकिने

काठमाडौं । सामलिङ्ग पावरको करिब ४३ लाख कित्ता शेयरको लकइन आगामी कात्तिक १५ गतेदेखि सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको ३७ लाख ७० हजार कित्ता, आयोजना प्रभावित स्थानीयको ५ लाख कित्ता र कर्मचारीतर्फको १४ हजार ६०० कित्ता शेयरको लइकन तीन वर्षपछि समाप्त हुन लागेको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम यी शेयर सर्वसाधारण लगानीकर्तामा बाँडफाँट भएको मितिदेखि तीन वर्षसम्म कारोबार नगरि लकइनमा राख्नुपर्ने व्यवस्था छ ।

 सोही व्यवस्था बमोजिम यी शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि कारोबार नभएको अवस्था थियो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुका लागि २०७८ साल कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आईपीओ निष्कासन गरी कात्तिक १६ गते बाँडफाँट गरेको थियो । यी शेयर लकइन अवधि समाप्त भएपछि कारोबार योग्य हुने भएपनि सञ्चालक सदस्यमा कायम रहेको व्यक्ति तथा कम्पनीको उच्च तहमा रहि काम गरिरहेका कर्मचारीहरुले भने कारोबार गर्न नसक्ने जानकारी कम्पनीले दिएको छ ।