शीर्षकहरू

दुई लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

दुई लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । पछिल्लो समय दुई लघुवित्त कम्पनीहरुले २६ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ हजार ५०० कित्ता र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका हुन्।

यी शेयर दुबै कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र प्राथमिकतामा राखेर बिक्री खुला गरिसकेका छन् । सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गर्न लागिएको हो । कालिका लघुवित्तले असोज १३ गतेदेखि र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ९ गतेदेखि यी शेयर बिक्रीमा ल्याएका हुन् ।     

कालिका लघुवित्तको शेयर खरिदका लागि आगामी १५ दिनभित्र र सपोर्ट लघुवित्तको शेयर खरिदका लागि कात्तिक १३ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । कालिका लघुवित्तको शेयर खरिदका लागि कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्की र सपोर्ट लघुवित्तको शेयर खरिदका लागि कम्पनीको शेयर बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय टेकु काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।