शीर्षकहरू

स्वावलम्बन लघुवित्तले यस वर्ष १५ प्रतिशत लाभांश दिने

स्वावलम्बन लघुवित्तले यस वर्ष १५ प्रतिशत लाभांश दिने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल १५ प्रतिशत लाभांश दिने भएको छ । असोज १२ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । 

यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश दिन लागेको हो । गत वर्ष कम्पनीले १२ दशमलव ३५९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६५०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।