शीर्षकहरू

बाढी पहिरोका कारण भारतीय पर्यटक अलपत्र,  आधार कार्डलाई मान्यता दिन अनुरोध

बाढी पहिरोका कारण भारतीय पर्यटक अलपत्र,  आधार कार्डलाई मान्यता दिन अनुरोध

काठमाडौं । सडकको बाटो प्रयोग गरेर आएका भारतीय पर्यटकहरु काठमाडौंमा अलपत्र परेका छन् । अहिलेको बाढीले गर्दा बसमा आएका धेरै भारतीय पर्यटकहरू जहाजबाट मार्फत फर्कनलाई नेपालको अध्यागमन विभागले आधार कार्डलाई मान्यता नदिदाँ अलपत्र परेको उनीहरुले बताएका छन् ।

 उनीहरुले आधार कार्डमात्र लिएर आएकाले नेपाल सरकारले भोटर कार्ड वा अन्य कागजात मागेका कारणले उनीहरुलाई विमानबाट फर्कन समस्या परेको हो ।

भारतीय पर्यटनहरुले आफ्नो भोटर आइडीको कपीमात्र ल्याएका छन् । काठमाडौंका विभिन्न होटलमा बसेका ५७ जना भारतीय पर्यटकले यस्तो माग गरेको काठमाडौं तिलगंगामा रहेको होटल आनन्दले जानकारी दिएको छ।

नेपालको अध्यागमन विभागले भारतीय पर्यटकले ल्याएको फोटोकपी भोटर आइडीलाई मान्यता नलिँदा हवाइ टिकट समेत काट्न नपाएको उनीहरुको गुनासो रहेको छ ।