शीर्षकहरू

काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु, १२ जना वेपत्ता

काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु, १२ जना वेपत्ता

काठमाडौं । बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ३२ जनाको मृत्यु भएको छ । काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले बताए।

त्यसैगरी १७ जना घाइते भएका छन् । जसअनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका हुन् । यी तीन जिल्लाबाट १ हजार ४१५ जनाको उद्दार गरिएको छ । १७ जना वेपत्ता छन् ।

१ हजार ९२४ घरहरु डुबानमा परेको एसएसपी घिमिरेले बताए । त्यस्तै,उपत्याकामा १२ जना वेपत्ता भएका छन् । काठमाडौंमा १ जना र ललितपुरमा ११ जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।