शीर्षकहरू

शनिबार बिहानसम्मका सबै आन्तरिक उडान स्थगित

शनिबार बिहानसम्मका सबै आन्तरिक उडान स्थगित

काठमाडौं । शुक्रबारदेखि परेको अविभरल वर्षाका कारण शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित भएका छन । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणले आज साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान  शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान भइरहेका छन् । भद्रपुर, सिमरा, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा आज कुनैपनि उडान नभएका बताउँदै विराटनगरतर्फ दिउँसो ३ बजेदेखि नियमित उडान भएका थिए ।  

अन्तर्राष्ट्रियतर्फ पनि दुई विमान करिब एक घण्टा आकाशमा नै होल्ड गरेपछि मात्र अवतरण गरेका प्रवक्ता शेर्पाले बताए । लगातारको वर्षाले भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा ‘इन्ट्रमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) उडान मात्रै भइरहेका प्रवक्ता शेर्पाले बताए ।
 
देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै भारतको उत्तरमध्य महाराष्ट्र तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले मौसममा बदली हुनुका साथै वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।