शीर्षकहरू

जीवन बीमा कम्पनीहरुले एक महिनामा उठाए ११ अर्ब ५५ करोड शुल्क

जीवन बीमा कम्पनीहरुले एक महिनामा उठाए ११ अर्ब ५५ करोड शुल्क

काठमाडौं । गएको भदौ महिनामा जीवन बीमा कम्पनीहरुले ११ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । यस महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ११ अर्ब ५५ करोड २ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।  

यस अवधिमा कम्पनीहरुले ४ लाख २० हजार ६८१ वटा बीमालेख जारी गरेका थिए । त्यस्तै, जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको भदौसम्म ३० अर्ब ८ करोड ८२ लाख बीमाशुल्क संकलन गरेका छन् ।  

बीमा प्राधिकरणका अनुसार भदौ महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीले ५९ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ३१ करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन अर्ब ३२ करोड ६७ लाख रुपैयाँ संकलन गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले एक अर्ब २२ करोड ९४लाख रुपैयाँ संकलन गरेको छ । 

त्यस्तै, मेट लाइफ इन्स्योरेन्स कम्पनीले ४५ करोड ४७ लाख, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ५४ करोड ४७ लाख, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले २८ करोड ७ लाख, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३३ करोड ७ लाख र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

गत भदौ महिनामा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ५१ करोड ३६ लाख, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ७१ करोड ६३ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ४३ करोड ४ लाख, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब १६ करोड ७७ लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले २८ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।