शीर्षकहरू

सर्वाेत्तम सिमेन्ट को निःशुल्क स्वास्थ्य शिविर

सर्वाेत्तम सिमेन्ट को निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं  । सर्वाेत्तम सिमेन्टले २०८१ असोज ५ गतेका दिन झापा जिल्लाको भद्रपुर–नगरपालिका वडा नं. ९ मा अवस्थित आप्mनो सर्वाेत्तम ईष्ट प्रालिको कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना
गरेको छ । “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य गराएका छन् र कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको कम्पनीले जनाएको छ ।

उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ स्त्रि रोग विशेषज्ञ लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु भएको थिए । साथै, उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष रामप्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेकबहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थिति रहेका थिए ।

आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो । साथै आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जान कम्पनी प्रतिबद्ध छ ।