शीर्षकहरू

सूर्योदय वोमी लघुवित्तको बोनस शेयर प्राप्त गर्न कर तिर्नुपर्ने

सूर्योदय वोमी लघुवित्तको बोनस शेयर प्राप्त गर्न कर तिर्नुपर्ने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वापत्को कर बुझाउन सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले शुक्रवार सूचना जारी गर्दै गत साउन ३२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव ००५१४३ प्रतिशत बोनस शेयर वापत्को कर भुक्तानीका लागि सम्पूर्ण शेयरधनीहरूलाई आग्रह गरेको हो । 

सम्बन्धित शेयरधनीहरूले कर वापत्को रकम कुमारी बैंकमा कम्पनीको नाममा रहेको खाता नम्बर १२९००९८४०७२०००६५ मा जम्मा गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीको एफपीओ बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले समेत यो बोनस शेयर प्राप्त गर्ने भएकाले कर वापत्को रकम सम्बन्धित शेयरधनीहरुले समेत तिर्नुपर्नेछ । 

यस कम्पनीले साउन ४ देखि ८ गतेसम्म प्रतिशेयर १०० रूपैयाँमै एफपीओ निष्कासन गरी साउन १७ गते बाँडफाँट गरेको हो । एफपीओ बाँडफाँटपछि कायम चुक्तापूँजी ९१ करोड ५४ लाख ५५ हजार रूपैयाँको आधारमा १४ दशमलव ००५१४३ प्रतिशत बोनस शेयर कम्पनीले वितरण गर्न लागेको हो । कम्पनीले उक्त बोनस वापत्को शेयर दोस्रो बजारमा सूचीकृत हुन बाँकी छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले साउन २४ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन २३ गतेसम्म कायम शेयरधनीहरूले मात्र  कम्पनीको बोनस शेयर प्राप्त गर्न सक्नेछन् ।