शीर्षकहरू

कुमारी क्यापिटलका तीन योजनाले वितरण गरे यस वर्षको प्रतिफल

कुमारी क्यापिटलका तीन योजनाले वितरण गरे यस वर्षको प्रतिफल

काठमाडौं । कुमारी बैंक लिमिटेडद्वारा प्रबद्र्धन गरिएको कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीन योजनाहरुले यस वर्षको प्रतिफल वितरण गरेका छन् ।

खुलामुखी प्रकृतिको कुमारी सुनौलो लगानी योजनाले १० दशमलव ५० प्रतिशत र बन्दमुखी प्रकृतिको कुमारी धनबृद्धि योजनाले ९ दशमलव ५० प्रतिशतसँगै कुमारी ईक्वीटी फण्डले ९ दशमलव ५० प्रतिशत कर समेत प्रतिफल वितरण गरेका हुन् । 

यी योजनाहरुले सम्बन्धित इकाईधनीहरूको बैक खातामै नगद लाभांश वितरण गर्ने भएकाले हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएकाहरुलाई यथासिघ्र गराउन समेत योजना व्यवस्थापकले आग्रह गरेको छ । 

खुलामुखी प्रकृतिको कुमारी सुनौलो योजनाको लाभांश पुनः लगानी योजनामा सहभागी हुन आवेदन दिनुहुने सम्पूर्ण इकाईधनीहरुको सो योजना अन्तर्गत प्राप्त थप इकाईहरु इकाईधनीहरुको हितग्राही खातामा जम्मा गरिएको जानकारी समेत योजना व्यवस्थापकले दिएको छ ।