शीर्षकहरू

हिमालयन लाइफ इन्स्योरेन्सले अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने

हिमालयन लाइफ इन्स्योरेन्सले अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले अधिकतम ८६ रुपैयाँसम्म बोनस दर दिने भएको छ । शुक्रबार कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । दुई दर्जन विभिन्न प्रकारका बीमालेख जारी गरको कम्पनीले अधिकतम बोनस दर अग्रिम भुक्तानी सावधिक बीमालेखमा २५ र सोभन्दा बढी अवधिका लागि प्रदान गर्ने भएको हो । 

कम्पनीले जारी गरेको सावधिक बीमालेखमा अधिकतम ६४ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा अधिकतम ७५ रुपैयाँसम्म, जीवन उपहार अग्रिम भुक्तानीमा ४८ रुपैयाँ, जीवन उपहार सावधिक बीमालेखमा ३२ रुपैयाँ, सावधिक बीमालेखमा अधिकतम ७६ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा अधिकतम ७३ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा अधिकतम ४६ रुपैयाँ बोनस दर कायम गरेको छ । 

त्यस्तै, वार्षिक नगद फिर्ता बीमालेखमा अधिकतम ४१ रुपैयाँ, सुरक्षित भविश्य जीवन बीमा योजनामा अधिकतम ३५ रुपैयाँ, ३० वर्षे जीवन रक्षक सावधिक लघु जीवन बीमा र कर्पोरेट जीवन बीमा योजनामा अधिकतम ७० रुपैयाँ, सावधिक तथा बालबच्च सावधिक जीवन बीमा योजनामा अधिकतम ७५ रुपैयाँ, सिमित भुक्तानी सावधिक जीवन बीमा योजना (एकल) मा अधिकतम ४५ रुपैयाँ र सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा अधिकतम ७५ रुपैयाँ बोनश दर कायम गरिएको छ । 

सावधिक तथा आजीवन जीवन बीमा योजनामा अधिकतम ७४ रुपैयाँ, सिमिति भुक्तानी सावधिक तथा आजीवन जीवन योजनामा अधिकतम ५० रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा अधिकतम ३३ रुपैयाँ, अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा अधिकतम ४१ रुपैयाँ, जीवन आधार जीवन बीमा योजनामा अधिकतम ५० रुपैयाँ, जिवन सम्पन्न बीमा योजनामा अधिकतम ५३ रुपैयाँ, जीवन उत्थान बीमा योजनामा अधिकतम ४० रुपैयाँ, जीवन आवरण बीमा योजनामा अधिकतम ४३ रुपैयाँ र बालबच्च सावधिक जीवन बीमा योजनामा अधिकतम ३९ रुपैयाँ बोनस दर कम्पनीले कायम गरेको छ ।  

उल्लेखित बोनस दर मृत्यु दाबी भुक्तानी, पूर्ण वा आंशिक अवधिको दाबी भुक्तानी, समर्पण मूल्य दाबी भुक्तानी, चुक्ता मूल्य दाबी भुक्तानी तथा चालू बीमालेखहरुमा कायम हुने जानकारी समेत कम्पनीले दिएको छ ।