शीर्षकहरू

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको पाँच सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६१ हजार २ सय रुपैयाँ रहेको छ । बिहीबार सुनको मूल्य तोलामा एक लाख ६० हजार ७ सय रुपैयाँ रहेको थियो ।                            

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।