शीर्षकहरू

१५९ अधिवक्तालाई वरिष्ठको उपाधि [सूचीसहित]

१५९ अधिवक्तालाई वरिष्ठको उपाधि [सूचीसहित]

काठमाडौं । सर्वोच्च अदालतले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ । सर्वोच्चका सबै न्यायाधीशको बैठक (फुलकोर्ट)ले १ सय ५९ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो ।

अदालतले न्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेकोमा उक्त समितिको सिफारिसअनुसार उनीहरूलाई वरिष्ठको उपाधि दिइएको हो । समितिले करिब १ वर्ष लगाएर सूची तयार गरेको हो ।

कानुन व्यवसायमा कम्तिमा १५ वर्ष काम गरेका  वकालत, कानुनको अनुसन्धान तथा अध्यापनमा लामो समयको अनुभव भएकाहरूमध्येबाट छानेर यो उपाधि दिने गरिएको छ ।

सूची