शीर्षकहरू

अमेरिकी डलर, अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्दा युरो भने घट्यो

अमेरिकी डलर, अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्दा युरो भने घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । यसदिन अमेरिकी डलर, अस्ट्रेलियन डलर, बेलायती पाउन्ड स्टर्लिङलगायत मुद्राको मूल्य बढेको छ । युरोपियन युरोसहित केही मुद्राको मूल्य भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर१३४ रुपैयाँ १४ पैसा कायम भएको छ । अघिल्लो दिन बिहीबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको थियो ।

यस्तै हिजो बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक १७९ रुपैयाँ २३ पैसा रहेकोमा आज खरिददर १७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा  छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा रहेको थियो । 

यसैगरी युरो एकको खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसामा खस्किएको छ । बिहीबार एक युरोको खरिददर १४९ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा रहेको थियो ।