शीर्षकहरू

विराटनगरबाट गाईघाट जाँदै गरेको बस सप्तकोशीमा खस्यो

विराटनगरबाट गाईघाट जाँदै गरेको बस सप्तकोशीमा खस्यो

विराटनगर । विराटनगरबाट गाईघाट जाँदै गरेको बस दुर्घटनामा परेको छ । बिहीबार साँझ को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको ३६ नम्बर ढोका अगाडिबाट सप्तकोशीमा खसेको छ।  

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विराटनगरबाट गाईघाट जाने क्रममा नरसिंह ट्राभल्सको बस पानीमा खसेको हो। उद्धार कार्यका लागि प्रहरी टोली पठाएको छ । थप  विवरण आउन बाँकी छ ।