शीर्षकहरू

क्यान र मेटलाइफको साझेदारीमा राष्ट्रिय क्रिकेट टोलीको बीमा सुरक्षा

क्यान र मेटलाइफको साझेदारीमा राष्ट्रिय क्रिकेट टोलीको बीमा सुरक्षा

काठमाडौं । मेटलाइफ नेपालले खुसीका साथ राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यहरूको बीमा गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग आफुले गरेको साझेदारी घोषणा गरेको छ । मेटलाइफ नेपालले खेलकुदको उच्च स्तरमा राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई व्यापक जीवन बीमा कभरेज उपलब्ध गराउनुको महत्त्वलाई मान्यता दिएको हो । 

कम्पनीका अनुसार अनिश्चितताको समयमा उनीहरूको भविष्य सुरक्षित गर्दै यो पहलले खेलाडीहरूलाई निरन्तर सुरक्षा र मनको शान्ति प्रदान गर्ने उद्देश्य राख्दछ । पुल्चोकस्थित मेटलाइफ नेपालको मुख्य कार्यालयमा क्रिकेट संघ र मेटलाइफ नेपालका प्रतिनिधिहरू मिलेर महत्वपूर्ण सहकार्यको शुरुवात गरेको उक्त सम्झौतामा हस्ताक्षर भएको हो । 

यो साझेदारी अन्तर्गत मेटलाइफले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूका साथै क्यानका सदस्यहरूलाई अनुकूल जीवन र स्वास्थ्य बीमा योजनाहरू प्रदान गर्नेछ ।

बीमा कभरेजमा खेलाडीहरूलाई जीवनको अप्रत्याशित चुनौतिहरूबाट आर्थिक रूपमा सुरक्षित हुने सुनिश्चितता गर्दै दुर्घटनामा मृत्यु भएमा १० लाख, दुर्घटनाग्रस्त चिकित्सा क्षतिपूर्तिको लागि २ लाख र अस्पतालमा भर्ना भएमा १ लाख जस्ता लाभहरू समावेश गरिने कम्पनीले जनाएको छ ।