शीर्षकहरू

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको मुख कार्यकारी अधिकृतमा घिमिरे नियुक्त

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको मुख कार्यकारी अधिकृतमा घिमिरे नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले बिहीबार कम्पनीका अध्यक्ष  रविन कुमार नेपाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

बैंक अफ एशिया (हालको एनआईसी एशिया बैंक)बाट आफ्नो बैकिङ्ग करियर सुरुवात गरेका घिमिरे यसअघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिसको रूपमा कार्यरत थिए । बैंकिङ्ग तथा डिजिटल भुक्तानी (कार्ड, क्युआर मोबाइल बैंकिङ्ग) इत्यादि मा १५ वर्षभन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाइमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए । 

डिजिटल भुक्तानीको क्षेत्र वृद्धि हुने क्रममा रहेको र एससीटीले यो क्षेत्रमा पुर्‍याउन सक्ने योगदान धेरै रहेकोले आफू एससीटीको प्रमुख कार्यकारी अधिकृत भएर काम सुरु गर्न पाएकोमा निकै उत्साहित रहेको नवनियुक्त कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए । विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर,मोबाइल बैंकिङ्ग र अन्तर बैंक भुक्तानीका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।