शीर्षकहरू

४० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन

४० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य नदी किनारको दायाँ–बायाँ ४० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने मापदण्डको स्थानीयले विरोध गरेका छन् । उपत्यकाका मुख्य नदी बागमती, विष्णुमती, र मनोहरा लगायतका किनारमा ४० मिटरभित्र घर एवं कुनै पनि संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

गत पुसमा भएको फैसलाको पूर्णपाठ साउनमा सार्वजनिक भएको थियो । सरकारले २०६५ मा बागमती, विष्णुमती र मनोहरा किनारमा २० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने निर्णय गरेको थियो । गत पुस ३ गतेको सर्वोच्चको फैसलाले थप २० मिटर छाड्नुपर्ने परमादेश जारी गरेको थियो । उक्त फैसलाले उपत्यकाका ८ बढी परिवार प्रभावित हुने अनुमान गरिएको छ ।

सर्वोच्चको उक्त फैसला काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा लिने तयारी गरेको छ । जसको विरोधस्वरुप नदी किनारमा बस्ने उपत्यकाबासीहरू आन्दोलित भएका हुन् ।