शीर्षकहरू

मन्दाकिनी हाइड्रोपावरको बोनससँगै नगद लाभांश प्रस्ताव

मन्दाकिनी हाइड्रोपावरको बोनससँगै नगद लाभांश प्रस्ताव

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी ६१ करोड ५९ लाख ६८ हजार ६५३ रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । २०७९ साल साउन १७ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको यस कम्पनीले आर्थिक वर्ष ०७८/७९ सालदेखिनै लाभांश वितरण गर्दै आएको छ । 

उक्त वर्ष ५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको कम्पनीले आर्थिक वर्ष ०७९/८० को लागि ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस अघिका वर्ष ५ प्रतिशत लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष शून्य दशमल २६ प्रतिशत विन्दुले लाभांश बढाएको हो ।