शीर्षकहरू

बेनेली बाइकमा आकर्षक छुट अफर सार्वजनिक

बेनेली बाइकमा आकर्षक छुट अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले नयाँ योजना सार्वजनिक गरेको छ । दशैं तथा तिहारको विशेष छुट योजना ‘चढौं बेनेली, बाँडौं खुसी योजना’ सार्वजनिक गरिएको हो ।   

कम्पनीका सेल्स तथा मार्केटिङ्ग म्यानेजर नबराज घिमिरेका अनुसार यस योजनामा ग्राहकहरूले बेनेली बाइकको खरिदमा एक लाखसम्मको छुट पाउन सक्नेछन् । यस अफर अन्तर्गत ग्राहकहरूले मनपरेको बाइक तथा स्कुटर खरिद गरी यसपालिको दशैंमा आफ्नो परिवारसँग खुसी बाँड्न सक्नेछन् । 

यस अफरमा बेनेली पानारिए १२५ सीसी बाइक दुई लाख ५० हजार रुपैयाँमा उपलब्ध हुनेछ । बेनेली १८०एस तीन लाख ३० हजारमा किन्न सकिनेछ । थप रूपमा ग्राहकहरूले बेनेली ब्रान्डको हेलमेटको बजार मूल्य १२ हजार छ । पुरानो बाइक साटफेर गर्दा अतिरिक्त ३० हजार रुपैयाँको मूल्याङ्कन गरिनेछ र सम्पूर्ण बीमा तथा आर्थिक वर्षको कर पनि कम्पनीले निःशुल्क रूपमा बेहोर्नेछ ।

केटीएम इन्टरनेसनल ट्रेडिङले बेनेली बाइकसँगै सुनरा इलेक्ट्रिक सवारी साधनहरू पनि बिक्री गर्दै आइरहेको छ । यो दशैंको अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ । जसले ग्राहकहरूलाई नयाँ सवारी साधनसँगै विशेष छुट र आकर्षक अफरको लाभ लिन सक्नेछन् ।