शीर्षकहरू

युनिलिभर नेपालले प्रतिकित्ता एक हजार ७१४ रुपैयाँ लाभांश दिने

युनिलिभर नेपालले प्रतिकित्ता एक हजार ७१४ रुपैयाँ लाभांश दिने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई प्रतिकित्ता  एक हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यो  लाभांश  अहिलेसम्मकै उच्च हो । 

असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीले आव २०७९/८० मा १५८० प्रतिशत नगद लाभांश दिएको थियो ।प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । 

लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १२ गते साधारणसभा बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज २८ देखि कात्तिक १२ गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा हुँदा असोज २३  गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।