शीर्षकहरू

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले असोज ४ गते १५ प्रतिशत दरको ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता हकप्रद शेयर विक्री गर्न बोर्डमा निवेदन दिएको हो । 

कम्पनीले गत जेठ ३१ गते विशेष साधारण सभामार्फत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो । कम्पनीले असार ११ गते बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजी २ अर्ब १० करोड रूपैयाँको आधारमा १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  

हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४१ करोड ५० लाख रूपैयाँ कायम हुनेछ । कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम २ अर्ब ५० करोड रूपैयाँ कायम गर्नुपर्नेछ । कम्पनीलाई अझै ८ करोड ५० लाख रूपैयाँ पूँजी अपुग हुन्छ । थप पूँजी बोनस शेयरमार्फत वृद्धि गर्न सक्नेछ ।