शीर्षकहरू

नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ३० प्रतिशतसम्म छुट दिने

नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ३० प्रतिशतसम्म छुट दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमितहरूले व्यतित भएका सम्पूर्ण बीमालेख नविकरणमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । कम्पनीले बुधवार सूचना जारी गर्दै असोज ९ गतेदेखि कात्तिक २३ गतेसम्म व्यतित बीमालेख नविकरणमा ३० प्रतिशतसम्म छुट दिने जानकारी दिएको हो । 

कम्पनीले ३ वर्षसम्म व्यतित भएका बीमालेखमा ३० प्रतिशत , ३ वर्षभन्दा माथी ५ वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथी व्यतित भएका बीमालेखमा २० प्रतिशत विलम्ब शुल्कमा छुट दिने जानकारी दिएको हो । 

यस योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरण भएको मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने भनाई समेत कम्पनीको छ । एक पटक विलम्ब शुल्कमा छुट लिइ सकेका बीमितहरूलाई पूरा बीमा अवधिभर पुनः छुट नदिने जानकारी समेत कम्पनीले दिएको छ ।