शीर्षकहरू

एनआईबिएल ग्रोथ फण्डले तोक्यो बुक क्लोजको मिति

एनआईबिएल ग्रोथ फण्डले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । एनआईविएल ग्रोथ फण्डले यस वर्षको प्रस्तावित प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले यस योजनाको प्रतिफल प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन् । यस वर्ष योजनाले कर समेत ६ दशमलव ६५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 

बुक क्लोजको मितिपछि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा प्रतिफल वापतकाे रकम जम्मा गरिनेछ ।