शीर्षकहरू

आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ सार्वजनिक

आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ सार्वजनिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामको नयाँ म्यादी जीवन बीमा योजना लिएर आएको छ । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरूसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरूलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

१८ वर्ष भन्दा माथिका व्यक्तिहरूले न्यूनतम बीमाङ्क रु ५० हजार राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेष गरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, विभिन्न पेशागत व्यक्तिहरू, खेलाडी आदिका रोजाइमा पर्ने विश्वास रहेको समेत उल्लेख गरिएको छ । 

विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, विभिन्न २१ घातक रोगविरुद्धको रक्षावरण सहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत अत्यन्त सरल प्रक्रियाबाट प्राप्त गर्न सक्ने व्यवस्था कम्पनीले गरेको छ । साथै बीमाशुल्कको भुक्तानी बीमितको इच्छा अनुसार एकै पटक वा नियमितरुपमा तिर्न सकिनेछ । 

कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइन बाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्तामार्फत सहज तरिकाले लिन सकिने कम्पनीले जनाएको छ ।