शीर्षकहरू

सुपर मादी हाइड्रोपावरले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने, कात्तिक ५ गते बोलायो साधारण सभा

सुपर मादी हाइड्रोपावरले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने, कात्तिक ५ गते बोलायो साधारण सभा

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गर्दै कात्तिक ५ गते १५औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । 

यस वर्ष कम्पनीले १० करोड ५० लाख रुपैया बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको  हो । लाभांश प्रस्ताव सहित सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले ताप्लेजुङ जिल्लामा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

 हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजको आधारमा असोज १७ गते सार्वजनिक विदा परेकाले असोज १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।