शीर्षकहरू

चार सय १० जनाले लिए हिमाल आरोहण अनुमति, उठ्यो साढे चार करोड रोयल्टी

चार सय १० जनाले लिए हिमाल आरोहण अनुमति, उठ्यो साढे चार करोड रोयल्टी

काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन)मा हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिइरहेका छन् । यस सिजनका लागि हालसम्म ४१० आरोहीले अनुमति लिएका हुन् । 

पर्यटन विभागका अनुसार ४८ समूहका ३२० पुरुष र ९० जना महिलाले आरोहण अनुमति लिएका हुन् । जसबाट ४ करोड ६४ लाख ९४ हजार पाँच सय रोयल्टी उठेको छ । 

सबैभन्दा धेरै मनास्लु हिमाल आरोहण गर्नेहरू रहेका छन् । यस हिमाल आरोहणका लागि ८२ महिला र २२६ पुरुष गरी २८ आरोही समूहका ३०८ जनाले अनुमति लिएका छन् । जसबाट ३ करोड ७१ लाख ४३ हजार १४३ रोयल्टी उठेको छ । 

यस सिजनका लागि पुथा हिउँचुलीका लागि १६ जना, अन्नपूर्णका लागि ५ जना, थाकर गो स्टकका लागि ४ जना, धौलागिरिका लागि १४ जना र फुंगीका लागि ५ जनाले आरोहण अनुमति लिएका छन् । 

कुन हिमाल आरोहण गर्न कतिले लिए अनुमति ?