शीर्षकहरू

क्यानडाले आगामी वर्ष थप १० प्रतिशत विद्यार्थी भिसा कटौती गर्ने

क्यानडाले आगामी वर्ष थप १० प्रतिशत विद्यार्थी भिसा कटौती गर्ने

काठमाडौं । २०२४ मा ३५ प्रतिशत विद्यार्थी भिसा कटौती गरेको क्यानडाले आगामी वर्ष २०२५ मा पनि  अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गर्ने क्यानडाको घोषणा गरेको छ । अस्थायी आवासको वृद्धिसँगै राजनीतिक चुनौतीहरू पनि थपिँदै गएका कारण अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना आगामी वर्ष १० प्रतिशत घटाउने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन् ।

यस वर्ष आवास, शरणार्थी र नागरिकता क्यानाडा (आईआरसीसी) ले भिसा जारी गर्ने सीमा ४ लाख ८५ हजार रहेकोमा यो संख्या घटेर ४ लाख ३७ हजारमा सीमित हुनेछ । सन् २०२६ मा स्थायी भिसामा यहीबमोजिम कटौती लागू हुने बताइएको छ । यस कोटाबमोजिम यस वर्ष  ३ लाख ६४ हजार विद्यार्थीलाई भिसा दिएको क्यानाडले आगामी वर्ष ३ करोड २७ लाखमा सीमित हुनेछ ।

विद्यार्थी कटौतीसँगै क्यानडाले अस्थायी विदेशी कामदार र शरणार्थी लगायतका अन्य श्रेणीमा थप प्रतिबन्धहरूको पनि घोषणा गरेको छ । विदेशी नागरिकको भीडले उत्पन्न आश्रय र स्वास्थ्य तथा यातायात पूर्वाधारलगायतका समस्याहरू उत्पन्न भएको निष्कर्ष क्यनाडाको छ ।