शीर्षकहरू

पारस खड्का बने दीपलको ब्राण्ड एम्बेस्डर

पारस खड्का बने दीपलको ब्राण्ड एम्बेस्डर

काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) का सचिव एवं नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का दिपल गाडीको नेपालका लागि एम्बेस्डर नियुक्त भएका छन् । चिनयाँ कम्पनी चांगनको उत्पादन रहेको दिपल नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले मंगलबार एक कार्यक्रमका बीच खड्कालाई एम्बेस्डर नियुक्त गरेको हो ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई एम्बेस्डरका रुपमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे । एम्बेस्डरका रुपमा भित्रिएका उनलाई सिकारियाले दिपल एस ०७ गाडी पनि हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा सचिव खड्काले अबको नयाँ यात्रा ईभी भएकाले नयाँ ब्राण्ड भएकाले दिपललाई समर्थन गरेको प्रतिक्रिया दिएका थिए ।