शीर्षकहरू

२०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा संचालन गर्ने

२०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा संचालन गर्ने

काठमाडौ । त्रिभुवन बिश्वबिद्यालयले २०५८ सालदेखिका  परिक्षार्थीका लागि मौका परिक्षा संचालन गर्ने भएको छ ।   शिक्षा विज्ञान तथा प्रविधि मन्त्री  बिद्या भट्टराईको आग्रह पछि   त्रिभुवन बिश्वविद्यालयले  मंगलबार गोरखापत्र दैनिकमा  एक सूचना प्रकासित गरेर सो जानकारी गराएको हो।

 त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एबम शिक्षाध्यक्ष  प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा समितिको  २०८१ असोज सात गते बसेको बैठकले मौका परिक्षाको ब्यबस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ।

 प्रकाशित सूचनामा  मानबिकी तथा सामाजिक शास्त्र  ,ब्यबस्थापन , शिक्षा ,कानुन ,विज्ञान तथा प्रविधि अध्ययन संस्थानका बिस २०५८ सालदेखिका  बार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका  विद्यार्थीको लागि  एकपटक मौका परिक्षा संचालन गर्ने भएको उल्लेख छ।