शीर्षकहरू

एनआईसी क्यापिटलबाट सञ्चालित सामूहिक लगानी कोषबाट ५० करोड ७५ लाख प्रतिफल वितरण

एनआईसी क्यापिटलबाट सञ्चालित सामूहिक लगानी कोषबाट ५० करोड ७५ लाख प्रतिफल वितरण

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०८०/८१ मा क्यापिटलको शेयरधनी ताथ म्युचुअल फण्डको इकाइधनीलाई गरेर रु ६१ करोड २५ लाख भन्दा बढी रकम लाभांशको रुपमा वितरण गरेको छ ।

कम्पनीले एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित सामूहिक लगानी कोष योजनाहरुबाट आर्थिक वर्ष २०८०/०८१ मा रु.५० करोड ७५ लाख वितरण गरेको छ । उक्त प्रतिफल रकम एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित इकाईधनीहरुलाई मिति २०८१/०५/९ गतेदेखि तथा बन्दमुखी योजानहरुको हकमा मिति २०८१/०६/०४ गतेदेखि उक्त प्रतिफल रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा/रकमान्तरण गर्न सुरु गरिएको क्यापिटलले जानएको छ ।

यस्तो छ आर्थिक वर्ष २०८०/८१ मा प्रतिफल वितरण गरिएका योजनाहरुको विवरण :
 

साथै विभिन्न आर्थिक वर्षमा एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया व्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले वितरण गरिएको प्रतिफल रकम बुझिलिन बाँकी भएका इकाईधनीहरुको विवरण तथा विविध कारणबश प्रतिफल जम्मा नभएका/फिर्ता भएका इकाईधनीहरुको विवरण फिर्ता तथा जम्मा नहुनुको कारणसहितको जानकारी कम्पनीको वेबसाइटबाट लिन पनि अनुरोध गरिएको छ ।