शीर्षकहरू

शाओमीले ल्यायो दशैं तिहार अफर, चार हजारसम्म छुट पाइने

शाओमीले ल्यायो दशैं तिहार अफर, चार हजारसम्म छुट पाइने

काठमाडौं । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष अफर लिएर आएको छ । “दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग” योजना  अन्तर्गत ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा चार हजार रुपैयाँसम्मको छुट पाउँन  सक्ने  कम्पनीले जनाएको छ । 

यस चाडपर्व विशेष अफर भाद्र ३० गतेदेखि कार्तिक ३० सम्म लागु हुनेछ । अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले शाओमीका स्मार्टफोनहरुले हाम्रा ग्राहकहरूको यसपालीको चाडपर्वलाई विशेष बनाओस् भन्ने हाम्रो चाहना रहेको बताए । दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग” क्याम्पेन हामीले यसैको लागि ल्याएका उनले बताए । 

यस्ता छन् छुट

रेड्मी नोट १३ः
६/१२८ जीबी: पुरानो मूल्य रु. २४,९९९ , अफर मूल्य रु. २३,४९९ मात्र 
८/२५६ जीबी: पुरानो मूल्य रु. २७,९९९ , अफर मूल्य रु. २५,९९९ मात्र 

रेड्मी नोट १३ प्रोः
८/२५६ जीबी: पुरानो मूल्य रु. ३४,९९९ , अफर मूल्य रु. ३२,९९९ मात्र 
१२/५१२ जीबी: पुरानो मूल्य रु. ३९,९९९ , अफर मूल्य रु. ३५,९९९ मात्र 

रेड्मी नोट १३ प्रो प्लस ५ जीः
८/२५६ जीबी: पुरानो मूल्य रु. ४७,९९९ , अफर मूल्य रु. ४४,९९९ मात्र 
१२/५१२ जीबी: पुरानो मूल्य रु. ५२,९९९ , अफर  मूल्य रु. ४९,९९९ मात्र 

६+१२८ जिबी र ८+२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ । त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । 

रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग  भएको  हुँदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।