शीर्षकहरू

एभरेष्ट बैंकको लाभांश असोज ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने

एभरेष्ट बैंकको लाभांश असोज ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रस्तावित कुल १५ दशमलव ५३ प्रतिशत लाभांश असोज ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका छन् । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न असोज २० गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । 

उक्त सभा प्रयोजनका लागि असोज ८ गते एक दिन बुक क्लोज गर्न लागिएकाले असोज ७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका हुन । सभा आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौ.मा विहान ११ बजे सुरु हुनेछ ।

यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीका आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । यस अघिका दुई आर्थिक वर्ष २० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लाभांश घटाएको हो ।