शीर्षकहरू

क्यानडालाई नेपालले १८२ रनको लक्ष्य दियो, सन्दीप लामिछानेले सर्वाधिक रन बनाए

क्यानडालाई नेपालले १८२ रनको लक्ष्य दियो, सन्दीप लामिछानेले सर्वाधिक रन बनाए

काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा क्यानडालाई नेपालले १८२ रनका लक्ष्य दिएको छ । नेपालका अलराउण्डर गुलशन झा आईसीसी विश्वकप लिग-२ मा क्यानडाविरुद्ध आउट भएका थिए । स्पिनर हर्ष ठाकेरको २८ औं ओभरको पहिलो बलमा गुलशन ३४ रनमा फस्टस्लिपमा नवनीत धालिवालबाट क्याच आउट भए । उनले ५६ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, बलरको नामले चिनिएका सन्दीप लामिछानेले सर्वाधिक ४९ रन दिएर क्याच आउट भए भने २८ रन दिएर करण केशी पनि क्याच आउट भए । किंग सिटीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६ ओभरमा १८१ बनार अल आउट भयो । 

कप्तान रोहित पौडेल रन आउट र अनिल शाह क्याच भएसँगै नेपाल आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध सुरुवातमै संकटमा परेकोछ । किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १२ ओभरमा ५ विकेट गुमाउँदै ३६ रन बनाएको छ ।

रोहित ११ औं ओभरको दोस्रो बलमा ११ बलमा १ चौकासहित ४ रनमा रन आउट भए । मिडअनमा सट खेल्दै एक रनका लागि दौडिए पनि  आरिफ शेख थोरै अघि बढेर फर्केपछि दुबै ब्याटर एउटै एण्डमा भएका थिए । जसको कारण विकेटकिपर श्रेयस मोभ्भाले रन आउट गरेका थिए ।