शीर्षकहरू

दुई कम्पनीको लाभांश आजसम्म कायम शेयरधनीहरूले मात्र पाउने

दुई कम्पनीको लाभांश आजसम्म कायम शेयरधनीहरूले मात्र पाउने

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्सले प्रस्ताव गरेको यस वर्षको लाभांश असोज ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् । यी दुई कम्पनीहरूले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । साधारण सभा प्रयोजनका लागि सिईडिबि हाइड्रोपावरले असोज ७ गते एक दिन र ओरियन्टल होटल्स्ले असोज ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्न लागेकाले असोज ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यस वर्ष ११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर मात्र प्रस्ताव गरेको कम्पनीले कर वापत्को रकम कम्पनीलेनै तिर्ने जानकारी दिएको छ । बोनसपछि ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव समेत कम्पनीले गरेको छ ।  कम्पनीले अघिल्ला दुई आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को लागि कर वाहेक ११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । असोज २१ गते वार्षिक साधारण कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौंमा विहान १० बजे गर्ने तयारी कम्पनीले गरेको छ । त्यस्तै ओरियण्टल होटल्स् लिमिटेडले गत आर्थिक वर्ष ०८०÷८१ को मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ ।

 गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव कम्पनीले असोज २० गते २७औं वार्षिक साधारण सभामार्फत पारित गर्ने तयारी गरेको हो । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा विहान ११ बजे सुरु हुनेछ ।