शीर्षकहरू

इजरायलले लेबनानमा फेरि हवाई आक्रमण गर्यो

इजरायलले लेबनानमा फेरि हवाई आक्रमण गर्यो

एजेन्सी । इजरायलले लेबनानमा फेरि हवाई आक्रमण गरेको छ । पछिल्लो २४ घण्टामा लेबनानमा इजरायलले गरेको यो दोस्रो आक्रमण हो। पराजधानी बेरुतको दहियाह क्षेत्रमा आक्रमण भएको हो । अल जजिराको रिपोर्ट अनुसार यस हमलामा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । यसमा हिजबुल्लाहको शीर्ष सैन्य इकाई जिहाद काउन्सिलका सदस्य इब्राहिम अकिल पनि परेका छन।

अकिल सन् १९८३ मा बेरुतमा अमेरिकी मरीन ब्यारेकमा भएको आक्रमणको मामिलामा अमेरिकाको खोजी सूचीमा परेका थिए । इजरायलले एफ–३५ लडाकु विमानबाट यो हमला गरेको लेबनानी मिडिया रिपोर्टले दावी गरेको छ । हमलाले हिजबुल्लाह लडाकुहरू रहेको एउटा भवनलाई निशाना बनाएको थियो।

यसअघि बिहीबार राति इजरायलले दक्षिण लेबनानमा ७० वटा हवाई हमला गरेको थियो । टाइम्स अफ इजरायलका अनुसार गाजा युद्ध सुरु भएयता लेबनानमा इजरायलले गरेको यो सबैभन्दा ठूलो हमला हो।