शीर्षकहरू

कोरियाको उत्पादनशील क्षेत्रमा जान ८ हजार १५१ उत्तीर्ण

कोरियाको उत्पादनशील क्षेत्रमा जान ८ हजार १५१ उत्तीर्ण

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया रोजगारीको उत्पादनशील क्षेत्रका जानको लागि लिइएको सीप परीक्षणमा ८ हजार १५१ जना उर्तिण भएका छन् । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाले सूचना जारी गर्दै सो सङ्ख्याका युवा उर्तिण भएको जानकारी दिएको हो ।

शाखाका अनुसार परीक्षामा ८ हजार ९३३ युवा सहभागी भएका थिए । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच भएको समझदारी पत्र अनुसार रोजगार उम्मेदवारको छनौट गर्न एचआरडी सर्भिस अफ कोरियाले गत भदौ १८ गते देखि २५ गतेसम्म परीक्षा लिएको थियो ।  

परीक्षाको नतिजा एचआरडी कोरियाले बिहीबार पठाएको शाखाले जानकारी दिएको छ । उर्तिण भएकालाई स्वास्थ्य परीक्षण गर्नु आग्रह गरिएको छ ।