शीर्षकहरू

एडिबीद्वारा भारतको जल संरक्षणका लागि सहयोग स्वीकृत

एडिबीद्वारा भारतको जल संरक्षणका लागि सहयोग स्वीकृत

एजेन्सी । जलस्रोत व्यवस्थापन, पानीमा पहुँच तथा जलवायु परिवर्तनका प्रभावलाई सुधार गर्न एसियाली विकास बैंक (एडीबी) ले भारतका लागि शुक्रबार ५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । भारतको मेघालय राज्यमा जलवायु–अनुकूल समुदाय–आधारित जल–सङ्कलन परियोजनाले मौसमको जोखिम व्यवस्थापन गरी जलसञ्चय प्रणाली गुरूयोजना विकास गर्न मद्दत गर्ने एडिबीले जनाएको छ । 

आयोजनाले १२ जिल्लामा ५३२ वटा पानी भण्डारण सुविधा निर्माण गर्न सहयोग गर्ने बैङ्कले जनाएको छ। मनसुनको समयमा जलवायु परिवर्तन, भारी वर्षा र बाढीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्षम बनाइने उल्लेख गरिएको छ ।  

भण्डारण गरिएको पानीले हिउँदे सुख्खा मौसममा सिँचाइको पानी उपलब्ध गराउने र मनसुनको समयमा बाढी व्यवस्थापनमा फाइदा पुग्ने जनाइएको छ । परियोजनाले अन्तरर्गत एडीबीले कृषकलाई भरपर्दो सिँचाइ क्षेत्र उपलब्ध गराउने कम्तीमा तीन हजार हेक्टर ‘कमाण्ड एरिया’ पनि विकास गर्ने जनाएको छ ।