शीर्षकहरू

माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित अफर

माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित अफर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव तथा चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरुमा अफरै अफरहरु संचालनमा ल्याएको छ । बैंक असोज १७ गते बाट २४औँ वर्ष पार गरी २५औँ वर्षमा प्रवेश गर्दैछ ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरुमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरु ल्याएको छ । जसको फाईदा ग्राहकहरुले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु जस्तैः मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत लिन सक्नेछन् । 

बैंकले असोज १ देखि ३० गते सम्मको अवधीमा यस बैंकको मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहक महानुभावहरुलाई विशेष छुटको योजना ल्याएको छ । जस अन्र्तगत बैंकको डेबिट कार्ड लिने ग्राहकहरुले कार्ड लिदाँ पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्नेछ । 

बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधीको लागि एकमुष्ट दुई हजार चार सय प्रदान गर्नेछ । साथै बैंकले मोबाइल बैंकिङ्ग सेवाको सदस्यता शुल्कमा वार्षिक  ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । 

वार्षिकोत्सव लक्षित यस योजना अन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधीमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विभिन्न मर्चेन्टहरुबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत  वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् । 

यसका साथै बैंकले असोज १ देखि १८ गते सम्मको लागि डिजिटल कारोवारको प्रोत्सहान र प्रर्वधनको लागि बैंकको आधिकारीक फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत ग्राहक महानुभावहरुको लागि क्विज कार्यक्रम सञ्चालन गर्ने छ र सही उत्तर दिने सहभागीहरु मध्ये भाग्यशाली विजेताले आर्कषक उपहार पाउन सकनेछन् ।