शीर्षकहरू

इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरिएको छैन: एनसेल

इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरिएको छैन: एनसेल

काठमाडौं । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको दाबी गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै एनसेलले स्पष्टोक्ति दिएको हो । 

‘एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुँदा, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु हाम्रो लक्ष्य रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्‍याउन निरन्तर कार्य गरिरहेको छ । आफ्ना सेवाहरू विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा हामी विश्वस्त छौँ ।’

एनसेलले सधैँ पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको जनाएको छ । एनसेलसंग सम्बन्धित समाचारहरू प्रकाशन, प्रसारण गर्नुअघि  आधिकारिक धारणा लिन समेत अनुरोध गरेको छ ।