शीर्षकहरू

बोटलर्स नेपालमा दुई जना सञ्चालक नियुक्त

बोटलर्स नेपालमा दुई जना सञ्चालक नियुक्त

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको सञ्चालकमा गुञ्जनधवन र सालिनी रातवाट्टे नियुक्त भएकी छन् । कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई बोर्ड सञ्चालक नियुक्त गरेको हो ।  

धवनलाई यसअघिका सञ्चालक मोहित विनोद कुमार बु्दबार र रातबाट्टेलाई सुनैना विजय कुमारको स्थानमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । दुवै जना सञ्चालक भारतीय नागरिक हुन् । 

गुञ्जन कुमार सन् २०१६ देखि बोटलर्स नेपाल तराईको सञ्चालकमा कार्यरत छन् ।