शीर्षकहरू

फोनपेले “सुपर यात्रा” अभियानको घोषणा गर्यो, रोचक क्यासब्याक र गिफ्टको वर्षा

फोनपेले “सुपर यात्रा” अभियानको घोषणा गर्यो, रोचक क्यासब्याक र गिफ्टको वर्षा

काठमाडौं । फोनपे नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क, ले २ अशोज, २०८१ देखि सुरु हुने प्रतिक्षित “सुपर यात्रा” अभियानको घोषणा गरेको छ । दशैं र तिहार चाँडैलाई लक्षित गर्दै   हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार पाइने कम्पनीले जनाएको छ।

“सुपर यात्रा” अभियानको अंशको रूपमा, नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा ३०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्, जबकि विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा  २०० रुपैयाँ क्यासब्याकको लाभ लिन सकिने कम्पनीले जनाएको छ  । त्यस्तै, क्यासब्याक प्रस्तावहरूको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ। एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् । त्यस्तै, हरेक हप्ता पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन् । 

 प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न डिज़ाइन गरिएको कम्पनीले दावी गरेको छ। अनलाइन सेवाहरूको बढ्दो प्राथमिकतासँगै, फोनपे प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि एक समर्पित, नगदरहित अनुभव प्रदान गर्न प्रतिबद्ध छ, यसको बृहत एयरलाइन साझेदार र यात्रा प्लेटफर्महरूको नेटवर्क जोडिएको कम्पनीले जनाएको छ ।

“ ‘सुपर यात्रा’ अभियान मार्फत, हामी हाम्रा ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहन्छौं,” फोनपेका सीएसओ सुभोद शर्माले भने। “क्यासब्याक प्रोत्साहन र गिफ्टहरूको माध्यमबाट, हामी ग्राहक सन्तुष्टि बढाउन र थप प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी अपनाउन प्रोत्साहित गर्न चाहन्छौं।”